दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को श्री ब्रह्म आधारभूत विद्यालय पाँसुमा स्थानीय शैक्षिक सामग्री प्रदर्शनी र अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम गरिएको छ । विद्यालयको आयोजनामा दुहुँ गाउँपालिकाको समन्वय तथा गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहजिकरणमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत शैक्षिक सामग्री प्रदर्शनी र नतिजा प्रकाशन कार्यक्रम गरिएको हो ।
शुक्रवार ब्रह्म आधारभूत विद्यालय पासुँका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर कुँवरको अध्यक्षतामा वडा नम्बर ५ का अध्यक्ष धन सिंह कुँवरको प्रमुख आतिथ्यता एवं दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक लोकेन्द्र बहादुर बमको विशिष्ट आतिथ्यतामा एक कार्यक्रमका बीच शिक्षक अभिभावकद्धारा निर्माण गरिएका स्थानीय शैक्षिक सामग्रीको प्रदर्शनी गरिनुका साथै अर्धवार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको सिआरडिएस नेपाल दार्चुलाका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए । उक्त कार्यक्रममा अभिभावक शिक्षक, विद्यार्थी र सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?