दार्चुलामा महाकाली बेसिन युवा सम्मेलन

दार्चुलामा महाकाली बेसिन युवा सम्मेलन


दार्चुला : दार्चुलामा महाकाली बेसिन युवा सम्मेलन सुरु भएको छ । महाकाली नदी तटिय क्षेत्रका युवाहरुको सहभागितामा महाकाली बेसिन युवा सम्मेलन सुरु भएको हो । सीडाको आर्थिक तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपालद्धारा सञ्चालित ट्रोसा परियोजनामार्फत महाकाली बेसिन युवा सम्मेलन आयोजना गरिएको हो ।

आइतवार एक कार्यक्रमका बीच दार्चुला जिल्ला सदरमुकाम खलंगामा युवा सम्मेलन सञ्चालन भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नदी तटिय क्षेत्रका नागरिकको जीवनस्तर, महाकाली नदीको पानीको सदुपयोग, नदीले निम्त्याउन सक्ने प्राकृतिक विपत्तीको सामना र पूर्व सूचना प्रणालीको विकासका विषयमा छलफल भइरहेको सामुदायिक ग्रामिण विकास समाज नेपाल (सीआरडीएस) दार्चुलाका कार्यकारी निर्देशक अशोक राज ओझाले जानकारी दिए ।

सम्मेलनमा ट्रोसा परियोजना लागू भएका नेपालको दार्चुला, डडेल्धुरा र कञ्चनपुर जिल्लाका प्रतिनिधिहरु सहभागि छन् । यस्तै भारतको सिडार र जीडीएस संस्थाका प्रतिनिधिहरु धारचुला, बालुवाकोट, देहरादुन, बनबसा, पलिया क्षेत्रका सहभागि छन् ।

यस्तै अक्सफार्म नेपालका प्रतिनिधि पनि छन् । नेपालको दार्चुलाको सीआरडीएस, डडेल्धुराको रुडुक र कञ्चनपुरको निड्स संस्थाका प्रतिनिधि छन् । यस सम्मेलनले सीमा नदीको विषयमा युवाहरुको साझा धारणा बनाउने उद्धेश्य रहेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *