दार्चुला : सशस्त्र प्रहरीले दार्चुलामा सीमाबासीका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको आयोजनामा सीमाबासी लक्षित निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
२४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आइतबार दार्चुलामा सीमाबासीका नागरिकका लागि स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर पालले जानकारी दिए ।
सशस्त्र प्रहरीले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर मार्फत १ सय ८८ जनाले सेवा लिएका छन् । शिविरमा बिरामीहरुको स्वास्थ्य चेकजाँचका साथै आवश्यक औषधी वितरण गरिएको उनले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?