दार्चुला : निजी विद्यालयहरुको साँझा संगठन प्याब्सन दार्चुलाको अध्यक्षमा बिक्रम सिंह रैखोला चयन भएका छन् ।
न्युमोडर्न स्कुल गल्फैका प्रीन्सिपल रहेका रैखोला प्याब्सन दार्चुलाको छैटौं जिल्ला अधिबेशनबाट बिहिवार अध्यक्षमा चयन भएका हुन् ।
छैटौं जिल्ला अधिवेशन प्याब्सन दार्चुलाका निवर्तमान अध्यक्ष प्रवेशप्रताप ऐतवालको अध्यक्षता, सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष समरजङ बहादुर चन्दको प्रमुख आतिथ्यता एवं कोषाध्यक्ष भवान सिंह बिष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । छैटौं अधिवेशनबाट बिक्रम सिंह रैखोलाको अध्यक्षतामा ७ सदस्यीय कार्य समिती चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा बिर सिंह बुढाथोकी, सचिव सन्तोष सिंह ढाट, कोषाध्यक्ष कृष्णा पन्त अवस्थी र तीन सदस्य चयन भएको नवनिर्वाचित प्याब्सन अध्यक्ष बिक्रम सिंह रैखोलाले जानकारी दिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?