राप्रपाको दार्चुलामा बिरोध तथा खबरदारी कार्यक्रम

राप्रपाको दार्चुलामा बिरोध तथा खबरदारी कार्यक्रम


दार्चुला : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दार्चुलामा बिरोध तथा खबरदारी कार्यक्रम गरेको छ । भ्रष्ट्राचार बेथिति अन्याय अत्याचार लगायत विषयमा राप्रपाले बिरोध तथा खबरदारी सभाको आयोजना गरी कार्यक्रम गरेको हो । आइतवार राप्रपा दार्चुलाका अध्यक्ष प्रकाश दयालीको नेतृत्वमा जिल्लामा राप्रपाले बिरोध तथा खबरदारी कार्यक्रम आयोजना गरेको प्रवत्ता नरेन्द्र सिंह धामीले जानकारी दिए ।

बिरोध तथा खबरदारी सभा कार्यक्रमलाई अध्यक्ष प्रकाश दयाली, उपाध्यक्ष कृष्ण बहादुर कुवर, उपाध्यक्ष चक्र बम, पार्टीका प्रवत्ता नरेन्द्र सिंह धामी, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष नवीन जोशीले सम्बोधन गरेका थिए । राप्रपाले जिल्लाको भ्रष्टाचार, बेथिती र एम्बुलेन्समा चर्को भाडादरको विरोध गरेको थियो ।

साथै आज नै राप्रपा दार्चुलाले एम्बुलेन्सको चर्को भाडादरबारे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै निशुल्क भाडादरको माग गरेको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *