दार्चुला : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले दार्चुलामा पनि सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुरु गरेको छ । १२ औं महाधिवेशनलाई लक्षित गर्दै नेविसंघले यो अभियान देशभर संचालन गरिरहेको हो । दार्चुलामा आइतवारबाट सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुरु गरिएको नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश राज भट्टले जानकारी दिए ।
आसन्न १२ औँ महाधिवेशनलाई मध्यनजर गर्दै नेविसंघ दार्चुलाले सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस खलंगाबाट सदस्यता वितरण तथा सुझाव संकलन अभियान शुभारम्भ गरेको उनले बताए । यो अभियानलाई अभियानका रुपमा मात्रै सिमित नराखी शैक्षिक संस्थाहरुमा विद्यार्थीहरुका समस्या र मर्म बुझ्ने, शिक्षा प्रणालीको सुधारका लागि सुझाव संकलन गर्ने र ती सुझावहरुको आधारमा समस्या समाधान गर्ने आन्दोलनका रुपमा पनि अघि बढाइने नेविसंघले जनाएको छ ।
दार्चुला बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समिति अध्यक्ष प्रकाश बडूको अध्यक्षतामा भएको कार्यक्रममा नेविसंघका केन्द्रीय सदस्य एवं दार्चुला खटाइएका केन्द्रीय प्रतिनिधि डम्बर साउँदको प्रमुख आतिथ्यता रहेको थियो ।
सदस्यता वितरण तथा सुझाव संकलन अभियान कार्यक्रममा नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति दार्चुलाका अध्यक्ष रमेशराज भट्ट, उपाध्यक्ष दिपक खाती, सुरेन्द्र बहादुर बम, सह–सचिव नविन धामी, कोषाध्यक्ष माधव भट्ट लगायत नेविसंघका जिल्ला कार्य समिति पदाधिकारी एवं क्याम्पस ईकाइका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?