‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ घोषित भए प्रहरी जवान खरेल

‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ घोषित भए प्रहरी जवान खरेल


दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले ‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरेको छ । मंसिर महिनाको उत्कृष्ट प्रहरीमा जिल्ला प्रहरी कार्यालय दार्चुलाको आर्थिक प्रशासन शाखा दरबन्दीका प्रहरी जवान बिशाल खरेल रहेका छन् ।

खरेलले भन्सार छली, चोरी पठारी लगायतका समान बरामद गरी उक्त कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको, सांग्रिला डेभलपमेन्ट बैंकको शाखामा चोरी गरी लुकीछिपी बसेकालाई पक्राउ गरेको र जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित बजार तथा आसपासका क्षेत्रमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण तथा रोकथामका लागि सूचना संकलन गरी शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उत्कृष्ट कार्यको उच्च मुल्याङ्कन गर्दै ‘मंसिर महिनाको उत्कृष्ट प्रहरी’ घोषित गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मंसिर महिनाका उत्कृष्ट प्रहरी जवान खरेललाई आइतवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले प्रशंसा पत्र र नगदसहितले सम्मानित गरेका हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *