मौनता

मौनता


✍️अमित जोशी

मौनतामा उसले धेरै कुरा भन्न खोजी,
मैले सुन्ने रहर देखाउन खोजे ।
उसको ओठमा थर्थराहट थियो, तर शब्द थिएनन्,
मेरो हृदयमा तृष्णा थियो, तर सामर्थ्य थिएन।

उसले मौनतामा आँखाको भाषा बोल्थी,
म अलमलमा हराएर अर्थ खोज्थें खोल्दै,
केही दूरीमा उभिएका थियौं हामी,
तर मौनताले बिस्तारै जोड्दै थियो हामीलाई।

कसैले केही बोलेन, तर धेरै कुरा भनिसकियो,
मौनताको आवाजले मनलाई स्पर्श गरिसकियो।
हामी बीचको यो खामोशीको कडीले,
मायाको डोरी मजबुत बनाइराखेको थियो भनी।

तर त्यही मौनतामा कतै एक डर पनि थियो,
न बोल्न सक्छौं, न समर्पण गर्न सक्छौं—असहाय केही थियो।
केही दिनहरू यस्तै बिते मौनतामा,
आशा र निराशा मिसिएर एउटा सपना बने।

शायद यो मौनताले नै गहिराइ दिएको छ प्रेमलाई,
शब्दहरूको भीडमा गुमाउन सक्थें मैले त्यो असल मायालाई।
अहिले थाहा पाएँ, मौनतामा बाँच्ने कला
हाम्रो प्रेमको साँचो भाषा बनिसकेको छ।

र अब
म मौन हुन खोज्छु,
कसैलाई केही भन्नु नपर्ने संसारमा ।
शब्दहरू भारी बनेका छन्,
भावनाहरू निरर्थक बोझजस्ता।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *