महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न

महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशाला गोष्ठी सम्पन्न


दार्चुला : महाकाली नगरपालिकाको शिक्षा योजना निर्माणका लागि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा पालिकाको शिक्षा योजना निर्माणका लागि पालिकाको कार्यदलसहित सरोकारवालाहरुका लागि Calibration Toolkit र योजना लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको हो ।

गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत महाकाली नगरपालिकाको शिक्षा समिति, कार्यदल, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्याब्सन, विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत सरोकारवालाहरुको उपस्थितिमा दुई दिने (१६ र १७ गते) कार्यशाला गोष्ठी सम्पन्न भएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश प्रसाद भट्टले जानकारी दिए ।

विद्यालय शिक्षा क्षेत्र योजनामा आधारित रहेर प्रभावकारी सिकाईका लागि योजना निर्माण गर्ने र स्थानीय तहमा शिक्षा योजना निर्माणको औचित्यबारे कार्यशाला गोष्ठीमा छलफल भएको उनले बताए । दुई दिनसम्म चलेको कार्यशालामा सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरी योजना निर्माण र मस्यौदाका लागि तयारी कार्य गरिएको थियो । यसमा सहजीकरण नगरपालिकाका शिक्षा अधिकृत हेमराज जोशीले गर्नुभएको थियो ।

महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीमा महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडाल, शिक्षा शाखा, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विव्यस, शिक्षक अभिभावक संघका पदाधिकारी, सामुदायिक विकास केन्द्रका पदाधिकारी, युनिसेफका प्रतिनिधि एवं शिक्षा अधिकृत पवित्रा चौधरी र लेखा अधिकृत सत्यकला टमटाको उपस्थिति रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *