दार्चुला : पुस १५ गते सडक निर्माणका क्रममा दार्चुलास्थित महाकाली नगरपालिका–५ किम्तडीको ठण्याभीरमा खसेको पहिरो अझै हटाउन सकिएको छैन् । सडक चौडा गर्ने क्रममा खसेको पहिरो हटाउन नसक्दा चार दिनदेखि सवारी साधन चल्न सकेका छैनन् ।
यात्रुहरु भीरको जोखिमपूर्ण बाटो प्रयोग गरी वारपार गरिरहेका छन् । कडा चट्टानी भूभाग र साँघुरो सडक क्षेत्र भएकाले निर्माण कार्य लम्बिएको सडक निर्माण गरिरहेको कम्पनीले जनाएको छ । त्यस क्षेत्रमा रातीको समयमा पनि निर्माण कार्य भइरहेको छ । शुक्रबारसम्म अवरुद्ध सडक खुल्न सक्ने प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
ठण्याभीरको सडक अवरुद्धका कारण महेन्द्र मावि खलंगाले शुक्रवार सार्वजनिक बिदा दिएको छ । विद्यार्थीहरुले जोखिम मोलेर आवतजावत गर्नुपर्ने भएकाले एक दिन सार्वजनिक बिदा दिइएको विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले जानकारी दिए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?