दार्चुला : दुहुँ गाउँपालिका–१ को श्री पिपलचौरी मावि विणमा बालविवाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । दुहुँ गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण ईकाइको आयोजना, सामुदायिक ग्रामिण विकास समाज नेपाल र गुड नेवर्स ईन्टरनेशनल नेपालको सहजिकरणमा मावि विणमा बालक्लवका पदाधिकारी र बालबालिकाहरूका लागि १ दिने अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कक्षा ८, ९ र १० का विद्यार्थीहरु माझ कार्यक्रम गरिएको सीआरडीएस नेपालका शिक्षा अधिकृत उदय बोहराले जानकारी दिए । उनका अनुसार कार्यक्रममा सानै उमेरमा गरिने विवाहले पार्ने असर र यसको कानूनी जटिलता सम्बन्धी अन्तरक्रिया गरिएको हो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण सीआरडीएस नेपालका शिक्षा अधिकृत उदय बोहरा र महिला बालबालिका तथा समाज कल्याण शाखाका सहायक महिला विकास निरीक्षक ईश्वरी बडालले गर्नुभएको थियो । पिपौलचौरी मावि विणका प्रधानाध्यापक राजेन्द्र बोहराको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष जीत बहादुर बमको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कलावती बमको उपस्थिति पनि थियो ।
दुहुँ गाउँपालिकाका ५ वटै वडाका माध्यमिक विद्यालयहरूमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?