दार्चुला : दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका-५ अंम्कुरका अन्दाजी ७८ वर्षीय गगन सिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
शनिवार साझ दाउरा लिन भनी जंगलतिर गएका बोहराको छोडधारा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेश बोहराले जानकारी दिए ।
भीरबाट उनी करिव १५० मिटर तल खसेका थिए । बोहराको मृत्युले गाउँ नै शोकमग्न भएको छ । गाउँका मेहनती, मिलनसार व्यक्तिको निधन हुँदा आज श्री भगवती आधारभूत विद्यालयमा बिदा दिइने वडाअध्यक्ष बलदेव सिंह बोहराले बताएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?