महाकाली र शैल्यशिखरमा आँखा शिविर सञ्चालन हुने

महाकाली र शैल्यशिखरमा आँखा शिविर सञ्चालन हुने


दार्चुला : दार्चुलाका दुई स्थानीय तहमा आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलाली र दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालन हुन लागेको हो ।

माघ ४ गतेदेखि माघ १० गतेसम्म दार्चुलामा आँखा शिविर सञ्चालन हुने आयोजक गेटा आँखा अस्पतालका डाक्टर सुरेश राज पन्तले जानकारी दिए । उनका अनुसार शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुलेश्वरमा माघ ४ देखि माघ ६ गतेसम्म र महाकाली नगरपालिकाको महेन्द्र माध्यमिक विद्यालय खलंगामा माघ ८ गतेदेखि माघ १० गतेसम्म शिविर सञ्चालन गरिनेछ ।

आँखा शिविरमा मोतिबिन्दुको उपचार, आँखाका रोगीहरुको निशुल्क शल्यक्रिया तथा निशुल्क औषधी वितरण गर्नुको साथै चस्माको आवश्यकता भएकाहरुका लागि सुपथ मूल्यमा चस्मासमेत उपलब्ध गराइने जनाइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *