दार्चुला : मार्मा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पुस १८ गतेदेखि सञ्चालन भएको पाँचौ गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार सम्पन्न भएको हो ।
८ विद्यालयले सहभागिता जनाएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लटिनाथ मावि रस्कोट प्रथम भएको छ । लटिनाथ मावि रस्कोटले २४ स्वर्ण, १५ रजत र ५ कास्य गरी जम्मा ४४ पदक प्राप्त गरी प्रथम भएको हो । यस्तै तपोवन मावि पडपडाले १३ स्वर्ण, १२ रजत र ८ कास्य गरी ३२ पदक प्राप्त गर्दै द्वितिय तथा ३ स्वर्ण,४ रजत र ९ कास्य गरी १६ पदक प्राप्त गर्दै अपिपथ प्रर्दशक मावि सेरीले तृतीय स्थान हासिल गरेको छ ।
यस्तै सल्लेधार मावि मुरैले २ स्वर्ण, २ रजत र ६ कास्य गरी १० पदक, दुर्गेश्वरी मावि ताकुले १ स्वर्ण, ४ रजत ३ कास्य गरी ८ पदक, लामबगर मावि लामबगरले १ रजत ८ कास्य गरी ९ पदक, दुर्गेश्वरी मावि घोल्जरले १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गरेको छ भने शिवालिंग मावि निम्ठाले पदक हात पार्न सकेन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?