दार्चुला : महाकाली नगरपालिका–७ स्थितको मालिकार्जुन नमुना मावि धापमा युवा लक्षित सचेतना कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा सोमवार विद्यार्थीहरुका लागि युवा लक्षित कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्लास्थित सुरक्षा प्रमुख, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा आत्म चेतना अभिवृद्धि, लागूऔषध नियन्त्रण, घरेलु हिंसा न्युनिकरण तथा नियन्त्रण र साईबर अपराध सम्बन्धी युवा लक्षित सचेतना कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले लागूऔषध दुव्र्यसनी नियन्त्रण तथा यसको कानूनी व्यवस्था सम्बन्धी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्कराज पन्त, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल, शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्त, सामाजिक विकास कार्यालयका प्रमुख रामचन्द्र ओझा, मालिकार्जुन मावि धापका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकी, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?