✍️विशाल रैखोला
नेपालको संविधान बमोजिम राज्य पुनः संरचना भए बमोजिम सुदूरपश्विम प्रदेशअन्तर्गत दार्चुला जिल्लाको सदरमुकाम खलंगा वरपरका क्षेत्रहरु खलंगा, छापरी, काँटै, धाप र दत्तु (साविक अपी नगरपालिका वडा नम्बर ४ देखि १७ सम्म र दत्तु गा.वि.स.) लाई समायोजन गरेर हिन्दुहरुको पवित्र धर्मस्थल मानसरोवरको प्रवेशद्धार, हिमालयको काख, महाकाली नदीको किनारमा महाकाली लोकमार्ग संगै जोडिएको ९ वटा वडाहरुमा विभाजन महाकाली नगरपालिकाको मिति २०७३/११/२७ गते घोषणा भएको नगरपालिका हो ।
स्थानीय तहको निर्वाचनबाट २०७४ सालमा नेपाली कांग्रेसबाट भारी मतका साथ हंस राज भट्ट निर्वाचित भए भने नेकपा एमालेका उम्मेदवार नर सिंह चैसिर पराजित भए । भट्ट निर्वाचित भइसकेपछि उहाँले नगरका जनतालाई आफ्नो ५ वर्षको कार्यकालमा खासै खुसी त पार्न सकेनन् । तै पनि उहाँले आफ्नो कार्यकालमा युगौयुगसम्म सम्झिरहने छाप छोडे ।
ती नगरबस, बेसहारा आमाका लागि सहारा नगर प्रमुख, सुपथ मूल्य पसल, सरसफाइ केन्द्र, ८ वडाहरुमा शाखा रोड, शैक्षिक नगरीको थालनी आदि इत्यादी जस्ता थुप्रै कार्य हुन् । उहाँकै नेतृत्वमा भएका यी कार्यहरुको आज २०८१ सालमा पनि महाकालीका जनताले सम्झिरहेका छन् । भट्ट आफ्नो ५ वर्षको कार्यकालमा उत्तिकै आलोचित पनि भए ।
२०७९ सालको निर्वाचनमा उहाँ फेरि नेपाली कांग्रेसबाट उम्मेदवार भए भने नेकपा एमालेबाट फेरि ७४ कै प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार नर सिंह चैसिर बीच भिडन्त भयो । चैसिरले भट्टको कार्यकालमा भएका कमिकमजोरी पत्ता लगाइ उनी ७९ मा भारी मतका साथ बिजयी भए ।
चैसिरले आफू निर्वाचित भएपछि केही जनअपेक्षित निर्णय गरे । जस्तै… माध्यमिक तहसम्म निशुल्क शिक्षा, नगर प्रहरी, नगर शिक्षक जस्ता कार्य गरे । माध्यमिक तहसम्म निशुल्क र नगर प्रहरीले खास्सै काम गरेन् । समग्रमा चैसिरले निर्वाचन जितेको २.५ वर्ष भन्दा बढी भइसक्यो । यी वर्षहरुमा चैसिर भट्ट भन्दा बढी आलोचित छन् । उहाँकै कार्यकालमा नगर प्रहरी भर्ती भए तर, नगर प्रहरीको काम के रहेछ भनी जनताले सोधिरहेका छन् । उहाँकै कार्यकालमा नगर युवा परिषद गठन भयो तर नगर युवा परिषदको पनि काम नभएको स्थानीयको गुनासो आउँछ ।
चैसिरका समर्थक भन्दा आलोचन बढी रहेका छन् । उनले स्थानीय निर्वाचनमा आश्वासन बढी दिएको र आश्वासन अनुसार काम नगरेको जनगुनासो छ । उहाँले आफ्नो कार्यकालमा धाप खेलमैदान, बसपार्क, पालिकाको प्रशासनिक भवनसम्म बनाएपनि उहाँको जनतालाई सान्त्वना मिल्ने स्थानीयको चाहना छ । आफू प्रतिपक्षमा हुदा उठाएका मुद्दामा अडिक, प्रतिबद्ध र जिम्मेवार भइ दिएर अहिलेका मेयर चैसिरले कार्यसम्पादन गरिदिए जनतामा स्याबासी र सम्मान पाउथे ।
समग्रमा १०० जना स्थानीय जनतालाई महाकाली नगरपालिकाको विकासमा एमालेको भूमिका बढी कि कांग्रेसको भन्दा ७० जनाले कांग्रेसको भूमिका बढी भन्ने गरेका छन् । अझै पनि चैसिरले जनअपेक्षित काम गर्न सके नगरको विकास हुनेमा दुई मत देखिदैन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?