दार्चुला : दार्चुलामा सशस्त्र प्रहरी बलले यात्रु प्रतिक्षालय निर्माण गरेको छ । जिल्लाको महाकाली नगरपालिका–९ दत्तुमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको सहयोग तथा वडाको समन्वयमा यात्रु प्रतिक्षालयको निर्माण गरिएको हो ।
२४ औँ सशस्त्र प्रहरीे दिवसको अवसर पारेर महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुस्थित महाकाली लोकमार्गको छेउँमै सीघ्र प्रभाव आयाेजनाअन्तर्गत यात्रु प्रतिक्षालय निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्क राज पन्तले जानकारी दिए । दैनिक यात्रा गर्ने यात्रुहरुलाई सहयोग हुने उद्देश्यले यात्रु प्रतिक्षालय निर्माण गरिएको उनले बताए ।
सशस्त्र प्रहरीले राज्यले दिएको प्रमुख जिम्मेवारी अन्तर्गतकाे सीमा सुरक्षा, ओैद्योगिक सुरक्षा, सीमापार अपराध नियन्त्रण, प्राकृतिक प्रकाेप उद्दारलगायत सामाजिक कार्यहरूमा सक्रियता जनाउँदै आईरहेकाे छ । आइतवार एक कार्यक्रमका बीच यात्रु प्रतिक्षालयको उद्घाटन गरिएको हो ।
यात्रु प्रतिक्षालयको उद्धघाटन गर्दै प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले सशस्त्र प्रहरीले निर्माण गरेको यात्रु प्रतिक्षालयले आवतजावत गर्ने यात्रुलाई ठूलो सहयोग पुग्ने बताए । सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र चैसिरले संचालन गर्नुभएको कार्यक्रममा महाकाली नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गजेन्द्र कार्की लगायत स्थानीयले सशस्त्र प्रहरीको उक्त कार्यकाे प्रशंसा गरेका थिए । वार्षिकोत्सवका अवसरमा दार्चुलामा सशस्त्र प्रहरीले सीमाबासीका लागि स्वास्थ्य शिविर, कपाल काट्ने तालिम लगायतका कार्यक्रम गरिरहेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?