दार्चुला : कृषि ज्ञान केन्द्र दार्चुलाले व्यवसायिक कृषकहरुलाई कृषि सामग्री हस्तान्तरण गरेको छ । सोमवार जिल्लाको महाकाली नगरपालिका–५ का हिक्मत कार्की, महाकाली नगरपालिका–९ का रघुवीर भट्ट र मालिकार्जुन गाउँपालिका–७ का नारायण दत्त भट्टलाई पोलिहाउस, बिँउबिजन र कृषि सामग्री हस्तान्तरण गरिएको हो ।
कृषकहरुको कृषि उत्पादनमा बढवा दिन र कृषि प्रवद्र्धनमा टेवा पुर्याउन कृषि सामग्री हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्ध राज उपाध्यायले बताए ।
कार्यालयको नविनतम बाली कृृषि प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत व्यवसायिक कृषकहरुलाई कृषि सामग्री वितरण गरिएको उनले बताए । कृषि सामग्री सहयोग गरिएका कृषकहरुले व्यवसायिक तरकारी तथा कृषि खेती गरिरहेका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?