अपिहिमालमा सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु

अपिहिमालमा सुत्केरी व्यथा लागेकी महिलाको मृत्यु


दार्चुला : दार्चुलामा सुत्केरी ब्यथा लागेकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-१ की २५ वर्षीया द्रोपति जागरीको मंगलवार राती मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्र सिती पुर्याइएकी जागरीको स्वास्थ संस्थामै मृत्यु भएको स्थानीय कमान सिह धामीले जानकारी दिए ।

आमा र बच्चाको अवस्था राम्रै रहेको स्वास्थ्यकर्मीले बताइरहदा एक्कासी बेहोस भएर उनको ज्यान गएको धामीले बताए । जागरीका यसअघि एक छोरी छिन् ।

अपिहिमाल गाउँपालिका केन्द्र जोड्ने सडक छैन् । गाउँबाट सडकसम्म पुग्न/पु¥याउनै  चार घण्टा बढि समय लाग्छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *