दार्चुला : दार्चुलामा बस र जीप एक आपसमा ठोक्किएका छन् । बिहिवार बिहान साढे ९ बजेतिर जिल्लाको मालिकार्जुन गाउँपालिका-८ थकतोलीमा महेन्द्रनगरबाट दार्चुलातर्फ आउँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस र दार्चुलाबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज १११० नम्बरको जीप एक आपसमा ठोक्किएका हुन् ।
बस आरोलामा चिप्लिन गइ बिपरित दिशाबाट आइरहेको जीप सङ्ग जुघिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जीपको अगाडी पट्टिको भागमा सामान्य क्षति भएको छ । यात्रु भने सकुशल रहेका छन् । बस जीपसङ्ग ठोक्किन पुग्दा सडकको नालीमा हालिएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?