दार्चुला : दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पुरिएको छ । शुक्रवार बिहान ५ बजेतिर सडक माथिबाट सुख्खा पहिरो खसेको हो ।
पहिरोले एक्साभेटर पुरिदा चालक जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका-११ घर भएका वर्ष २६ का रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्याएका छन् ।
प्रदेश ०३ -०१- ००३ क ७४०५ नम्बरको एक्साभेटर महाकाली नदी किनारसम्म पुगेको छ । सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध बनेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?