अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र न्यानो लुगा वितरण

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अनाथ बालबालिकालाई खाद्यान्न र न्यानो लुगा वितरण


दार्चुला : दार्चुला भन्सार कार्यालयले महाकाली नगरपालिका–५ स्थित छात्रावासका अनाथ बालबालिकाहरुलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको छ । ७३ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा महेन्द्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्रावासका अनाथ बालबालिकालाई खाद्यान्नका साथै न्यानो कपडा वितरण गरिएको हो ।

छात्रावासमा रहेका अनाथ १९ बालबालिकालाई न्यानो कपडा (हुडी) र उनीहरुका लागि चाहने खाद्यान्नका सामान वितरण गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदिप मानन्धरले जानकारी दिए ।

शनिवार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर जोशी, भन्सार प्रमुख सुदिप मानन्धरको उपस्थितिमा खाद्यान्न र न्यानो कपडा वितरण गरिएको हो । शुक्रवार मात्रै भन्सार कार्यालय जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *