मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको भारतमा गाडीको ठक्करबाट मृत्यु 

मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको भारतमा गाडीको ठक्करबाट मृत्यु 


दार्चुला : मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतमा मृत्यु भएको छ । 
मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भएका अवस्थीको भारतमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । 

भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जाँदै गरेका अवस्थीको लखनउमा गाडीको ठक्करबाट मृत्यु भएको जनाइएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका अवस्थीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

 उद्यम शाखा प्रमुख अवस्थीको मृत्युु भएपछि मालिकार्जुन गाउँपालिकाले आज शोक बिदा दिएको छ । अत्यावश्यक सेवा बाहेकका सबै कार्यालयमा बिदा दिइएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । 

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *