दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । पालिकाको विशेष अनुदान अन्तरगत ३५ लाख बजेटबाट वडा नम्बर ३ को कार्यालयसम्म सडक निर्माण गरिएको हो ।
चालू आर्थिक वर्षको विशेष अनुदान ३५ लाख बजेटबाट महाकाली कोरिडोर सडकको सल्याडीमोडबाट वडा नम्बर ३ को धामीबोहरीगाउँ जोड्ने सडक निर्माण भइरहेको गाउँपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ३ का अध्यक्ष देव बहादुर बमले जानकारी दिए ।
५ वडा रहेको दुहुँमा वडा कार्यालयसम्म सडकले नछोएको वडा नम्बर ३ मात्रै थियो । अन्य वडामा तिंकर जोड्ने महाकाली कोरिडोरको सडक पहुँच छ । यो सडकले वडा नम्बर ३ का जनतालाई सहजता हुनेछ ।
वडा कार्यालयसम्म सडकको पहुँच पुगेपछि स्थानीय जनप्रतिनिधि, सडक निर्माण व्यवसायीलाई वडाले सम्मान गरेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?