दार्चुुला : सेनाले निर्माण गरिरहेको (तुषरपानी–तिंकर) सडकको ३ किलोमिटरमा गाडी गुडेको छ । जीरो प्वाइन्ट सडकबाट तीन किलोमिटरसम्मको ट्याक खोलिएपछि सेनाले शुक्रवार आफ्नो गाडी गुडाएको हो ।
कडा चटटनी भूभाग रहेको तुषरपानी सडकखण्डको ट्याक खोलेर ब्याँस गाउँपालिका–२ मालगाउँसम्म सडक बिस्तार गरिएको नेपाली सेनाको विकास निर्माण कार्य दल गण २ ले जनाएको छ । मालगाउँसम्म सडकको स्तरोन्नती गरि शुक्रवार पहिलो पटक नेपाली सेनाको गाडी त्यहाँ पुगेको हो । ट्याक्टर र गाडी गुडाइएको थियो ।
सडक निर्माण भई गाउँमा गाडी पुगेपछि स्थानीयहरुले सेनाका गाडी चालक र निर्माण क्षेत्रमा खटिएका सैनिकलाई स्वागत गरेका छन् । तुषरपानी–तिंकर सडकमा नेपाली सेनाले विभिन्न ठाउँमा निर्माणको कार्य गरिरहेको थियो । निर्माण कार्यको जीरो प्वाइन्टमा यसअघि ट्याक खुल्न सकेको थिएन् । चालू आर्थिक वर्षमा व्याँस गाउँपालिका–२ दुम्लिङसम्म सडक निर्माण गर्ने लक्ष्य अनुसार काम भइरहेको सेनाले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?