नेल्टाको दार्चुलामा पहिलो जिल्ला सम्मेलन, साउँदको अध्यक्षतामा समिति गठन

नेल्टाको दार्चुलामा पहिलो जिल्ला सम्मेलन, साउँदको अध्यक्षतामा समिति गठन


दार्चुला : दार्चुलामा अंग्रेजी भाषा शिक्षकहरुको संगठन (नेल्टा) गठन गरिएको छ । शुक्रवार दार्चुला सदरमुकाम खलंगामा बसेको पहिलो जिल्ला सम्मेलनबाट कृष्ण सिंह साउँदको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।

कार्य समितिको उपाध्यक्षमा शंकर सिंह धामी, सचिव दिनेश मल्ल, सहसचिव डबल सिंह ऐरी, कोषाध्यक्षमा तुलसी खत्री चयन भएका छन् ।

यस्तै सदस्यहरुमा कृष्ण सिंह सामन्त, केशव दत्त जोशी, दिनेश सिंह धामी, खडक सिंह कार्की, कृष्णा पन्त, हिक्मत सिंह धामी, लोकेन्द्र सिंह कुँवर र मानश्वी ऐतवाल चयन भएका छन् ।
नेल्टा सुदूरपश्चिम प्रदेश अध्यक्ष डा. शंकर दत्त भट्ट, महासचिव डाक्टर गम्भीर बहादुर चन्द र सदस्य भैरब दत्त भट्टको उपस्थितिमा एक कार्यक्रमका बीच पहिलो सम्मेलन सम्पन्न भएको हो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a reply

  • Facebook Comments