दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले तीन महिना जिल्लाभरी प्रतिभा पहिचान र विद्यार्थी जाँगरण अभियान सञ्चालन गरेको छ । गत मंसिर महिनादेखि सुरु गरिएको दुहुँ–लेकम–मार्मा विद्यार्थी जाँगरण तथा प्रतिभा पहिचान अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका विद्यालयमा अनेरास्ववियुले कार्यक्रम गरेको हो ।
विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यअनुरुप जिल्लाका ६१ विद्यालयका विद्यार्थीमाँझ कार्यक्रम गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । अभियानको पहिलो चरणअन्तर्गत ‘सामाजिक सञ्जालको प्रयोग, वरदान कि अभिशाप’ भन्ने शीर्षकमा ९ वटै पालिकाका माध्यमिक विद्यालयलाई सहभागी गराई वादविवाद कार्यक्रम गरिएको उनले बताए ।
सभ्यता, संस्कृति सँगै राजनीतिक चेतनाको विकासका निम्ति जिम्मेवार विद्यार्थी संगठनका हिसाबले अनेरास्ववियुले शिक्षासँग सम्बन्धित कार्यक्रम लिएर निरन्तर विद्यार्थीमाँझ पुग्ने योजना बनाएको अध्यक्ष जोशीले बताए ।

उनका अनुसार आगामी दिनमा विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रष्फुटनका लागि पठन संस्कृतिको विकास गर्न साताव्यापी पठन कक्षा संचालन, साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, नमूना युवा संसदीय अभ्यास जस्ता कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ ।
अनेरास्ववियुले सञ्चालन गरेको ‘सामाजिक सञ्जालको प्रयोग, वरदान कि अभिशाप’ भन्ने शीर्षकको वादविवाद प्रतियोगिताअन्तर्गत महाकाली नगरपालिकास्तरीय प्रतियोगितामा मालिकार्जुन मालिकार्जुन नमुना मावि धापका बिराजमान बडू प्रथम र जेनी धामी द्धितीय, महेन्द्र मावि खलंगाका ज्योती भट्ट तृतीय भए ।
यस्तै नौगाड गाउँपालिकास्तरीय प्रतियोगितामा लटिनाथ मावि खारका बिमला ठगुन्ना प्रथम, गणेश बिनायक मावि सिप्टीका समीक्षा ठगुन्ना द्धितीय र समैजी मावि सौकेबगरका अरुणिमा धामीले तृतीय स्थान हासिल गरेका छन् ।
मार्मा गाउँपालिकास्तरीय प्रतियोगितामा लटिनाथ मावि रस्कोटका ईशारा कोट्टारी प्रथम, लाम्बगर माविका डायमन सिंह द्धितीय, दुर्गेश्वरी मावि घोल्जरका स्रेस्ता ठगुन्ना तृतीय भए । अपिहिमाल गाउँपालिकास्तरीय प्रतियोगितामा खण्डेश्वरी माविका अस्मिता ठगुन्ना प्रथम, शुशिला टमटा द्धितीय र छिपुलकेदार मावि धंकंका मिलन धामी तृतीय भए ।
यस्तै जिल्लाको दुहुँ गाउँपालिकास्तरीय प्रतियोगितामा पिपलचौरी मावि विणका प्रिन्सा बम प्रथम, कबिता बम द्धितीय, गौरीलमाण्डौ मावि हिकिलाका विवेक धामीले तृतीय स्थान हासिल गरे । लेकममा भएको गाउँपालिकास्तरीय प्रतियोगितामा ऐडिबाग मावि मैखोलीका हिमाद्री जोशी प्रथम, केदार मावि धरमघरका शारदा जोशी द्धितीय र हुनैनाथ मावि कुणीका दिनेश जोशी तृतीय भए ।
मालिकार्जुन गाउँपालिकास्तरीय प्रतियोगितामा मालिकार्जुन मावि मडका भुरी टमटा प्रथम, शंकरपुर मावि पस्तीका मीना धामी द्धितीय र राष्ट्रिय मावि ठिङका आशिष धामी तृतीय भए । ब्याँस गाउँपालिकास्तरीय प्रतियोगितामा सम्पाल मावि सुन्सेराका दीपा भट्ट प्रथम, रेखा धामी द्धितीय, र सिद्ध मावि सिनाका अनुस्का कुवँर तृतीय भए भने शैल्यशिखर नगरपालिकास्तरीय प्रतियोगितामा गलैनाथ मावि झरकाँडाका युवराज जोशी प्रथम, गोकुलेश्वर मावि गोकुलेश्वरका कमलेश विष्ट द्धितीय र सत्यप्रकाश मावि देथलाका आयुश प्रसाद भट्टले तृतीय स्थान हासिल गरेको अनेरास्ववियु दार्चुलाले जनाएको छ ।
पालिकास्तरीय कार्यक्रम समापन सँगै अब जिल्लास्तरीय कार्यक्रमको तयारी भइरहेको अनेरास्ववियु अध्यक्ष जोशीले बताए ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?