दार्चुला : भारतको धारचुलास्थित नजाङ्गमा पहिरो जाँदा एक नेपाली मजदुरको मृत्यु भएको छ । नजाङ्गमा पहिरोले पुरिएर दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाका सन्तोष सिंह ठगुन्नाको मृत्यु भएको हो । शनिवार दिउँसो गएको पहिरोमा परेर अन्य ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा दार्चुलाको नौगाड गाउँपालिका–६ का गणेश सिंह ठगुन्ना, बिरेन्द्र सिंह ठगुन्ना, दिपक सिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम गर्ने मजदुर हुन् ।
पसलमा बसिरहेको अवस्थामा माथिबाट पहिरो आएको थियो । पहिरोमा फसेका उनीहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले उद्धार गरी उपचारका लागि धारचुला अस्पताल पुर्याएका छन् ।
(तस्वीर :साङ्केतिक )
यो खबर तपाईंलाई कस्तो लाग्यो?