‘टिंकर’ सडकमा ५ करोड बजेट निकासा

‘टिंकर’ सडकमा ५ करोड बजेट निकासा


दार्चुला : नेपाली सेनाद्धारा निर्माण भइरहेको महाकाली कोरीडोरअन्तर्गतको तुषरपानी–कोठेधार–टिंकर सडकमा ५ करोड बजेट थप भएको छ । अर्थ मन्त्रालयले ५ करोड बजेट निकासा गरेको हो । सडक निर्माण तथा स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटबाट ५ करोड निकासा भएको अर्थ मन्त्रालयले जनाएको छ । भैपरि आउने विकास कार्यक्रमको बजेट र पुँजीगत बजेटको खर्चबाट रकम रकमान्तर गरिएको हो ।

सेनाद्धारा निर्माण भइरहेको तुषरपानी–टिंकर सडकका लागि चालू आर्थिक वर्षमा ९ करोड बजेट विनियोजन भएको थियो । थप ५ करोड बजेट थपिए सँगै उक्त सडकमा १४ करोड बजेट पुगेको छ । यस्तै गत आर्थिक वर्षमा ‘टिंकर’ सडकमा १४ करोड १९ लाख बजेट विनियोजन भएको थियो ।

रणनीतिक महत्वको यो सडकलाई सरकारले वेवास्ता गर्दै आइरहेको छ । यो सडकमा पर्याप्त बजेट बिनियोजन नहुँदा लक्ष्यअनुसार काम हुन सकिरहेको छैन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *