स्ववियु जित्दाको खुसीयाली

स्ववियु जित्दाको खुसीयाली


दार्चुला : दार्चुलाको छिमेकी जिल्ला बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल स्ववियु निर्वाचनमा विजयी हुँदा खुसीयाली बाडिएको छ ।

चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका कृष्ण सिंह रावल अध्यक्षमा निर्वाचित भए भने सचिवमा अखिल क्रान्तिकारीका कुमार लावड, कोषाध्यक्षमा क्रान्तिकारीकै भुवन भण्डारी, सदस्यहरुमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवार आरती बिष्ट, उषा साउँद, सन्तोषी खडायत र हिरा गोयला निर्वाचित भएका छन् । यस्तै सदस्यमा अनेरास्ववियुकी सन्तोषी विष्ट विजयी भइन् ।

नेविसंघ र क्रान्तिकारीको प्यानल विजयी भएपछि खुसीयालीमा चैत ६ गते विजयी जुलुस निकालियो । विजयी जुलुसमा माओवादी केन्द्र र काँग्रेसका नेता कार्यकर्ताले विजयी भएका स्ववियु पदाधिकारीकारीलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए ।

सेटीगाउँ बहुमुखीदेखि निकालिएको र्याली बैतडीको गोकुलेश्वर बजार हुँदै दार्चुलाको गोकुलेश्वरसम्म पुग्यो । विजय र्यालीमा हर्षबढाई भयो ।

यसैबीच नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं दार्चुला प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य मान बहादुर धामीले विजयी स्ववियु अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिए । उक्त र्याली समारोहमा शैल्यशिखरका नेपाली काँग्रेसका नेताहरु पनि सहभागि थिए ।

यसमा नेविसंघ, अखिल क्रान्तिकारीका दार्चुला र बैतडीका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । दार्चुला घर भएका विद्यार्थी नेता रावल स्ववियु अध्यक्षमा जितेकाले पनि यहाँका नेताहरुले बधाईका साथै साथ थापे ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a reply

  • Facebook Comments