दार्चुला : दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जोशीको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीवार प्रमुख जिल्ला अधिकारी जोशीको सरुवा गरेको हो ।
२०८० चैत १२ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा हाजिर भएका प्रमुख जिल्ला अधिकारी जोशीको १२ महिना पछि गृह मन्त्रालय सरुवा भएको छ ।
जोशीको सरुवा सँगै उनको ठाउँमा काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जिम्मेवारीसहित पठाइएको छ । जोशी आगामी जेठमा सेवा निवृत समेत हुँदैछन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?