दार्चुलाका डाक्टर अवस्थी गोकुले जाँदै गर्दा घाइते

दार्चुलाका डाक्टर अवस्थी गोकुले जाँदै गर्दा घाइते

दार्चुला । दार्चुला जिल्ला अस्पतालमा कार्यरत डाक्टर राजेश अवस्थी घाइते भएका छन्।

उनी शुक्रबार दार्चुलाबाट गोकुलेश्वर जाने क्रममा सडकमाथिबाट आएको ढुङ्गा लागेर घाइते भएका हुन्।

मालिकार्जुन गाउँपालिका–८ मा गोकुलेश्वरतर्फ औषधी बोकेर जाँदै गर्दा सडकमाथिबाट आएको ढुङ्गा लागेर गाडीमा सवार रहेका डाक्टर अवस्थी घाइते भएको प्रहरीले जनाएको छ।

उनको घाँटीमा चोट लागेको र थप उपचारकालागि डडेल्धुरा पुगाइएको प्रहरी बताएको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *