उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

उत्तर कोरियाले दोस्रो जासुसी उपग्रह प्रक्षेपण गर्ने

काठमाडौं । उत्तर कोरियाले छिट्टै जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ। उत्तर कोरिया आफैले यो जानकारी जापानलाई दिएको छ। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ। तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन।

समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार उत्तर कोरियाले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको उल्लेख गरेको छ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन्। यी देशहरूले यो प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने उनले बताएका छन्।

दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ। यसले उत्तर-पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गर्नेछ। यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए।

यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो। यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भयो। त्यसपछि उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *