दार्चुला : दार्चुलाकी महिला उद्यमी तारा देवल राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट सम्मानित भएकी छन् । सुदूरपश्चिम प्रदेशबाट महिला उद्यमशीलतामा योगदान गरेकोमा उनी सम्मानित भएकी हुन् । बुधवार काठमाडौँमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले एक कार्यक्रमका बीच देवललाई सम्मान गरे । छैटौँ राष्ट्रिय महिला अधिकार दिवस २०८१ को अवसरमा १ लाख नगदसहित सम्मानित गरिएको हो ।
दार्चुलामा एभिरिल बेवी सप एण्ड डिजाइनिङ कर्नर खोली महिला उद्यमका क्षेत्रमा काम गरिरहेको र व्यवसायिक तालिम दिइरहेकी देवल सुदूरपश्चिम प्रदेशबाट उत्कृष्ट महिला उद्यमीको रुपमा छनौट भइ पुरस्कृत हुन सफल भएका हुन् ।
देवल सुनौलो महिला आर्थिक सशक्तिकरण समूहमा पनि आवद्ध छिन् । जुन अक्सफाम नेपालको आर्थिक सहयोग तथा ट्रोसा परियोजना र सामुदायिक ग्रामिण विकास समाजले संचालन गरेको छ । यो समूहले महिलाका सवाल र जीविकोपार्जनका क्षेत्रमा काम गर्ने गर्दछ । यस्तै छैटौँ राष्ट्रिय महिला अधिकार दिवसमा सातवटै प्रदेशबाट एक एक महिला उद्यमी पनि सम्मानित भएका छन् ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?