दार्चुलामा यार्सा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु

दार्चुलामा यार्सा खोज्न गएका युवकको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलामा यार्सागुम्बा खोज्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका-३ राताभिटाका २४ वर्षीय मिलन कार्कीको लडेर मृत्यु भएको हो ।

अपिहिमाल गाउँपालिका-३ स्थितको काँटै दोनथे भन्ने वनमा यार्सागुम्बा खोज्ने क्रममा शुक्रवार कार्कीको मृत्यु भएको अपिहिमालका स्थानीय शोवन सिंह लोथ्यालले जानकारी दिए । यार्सा खोजेर बाँस बस्ने ठाउँमा फर्कने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *