दार्चुला प्रशासन : सेवाग्राहीका लागि छुट्टै ईमेल, भाइबर र ह्वाट्सएप

दार्चुला प्रशासन : सेवाग्राहीका लागि छुट्टै ईमेल, भाइबर र ह्वाट्सएप

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवाग्राहीका लागि छुट्टै नयाँ ईमेल, भाइबर र ह्वाट्सएप संचालनमा ल्याएको छ । कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि नयाँ ईमेल, भाइबर र ह्वाट्सएप संचालनमा ल्याइएको प्रशासनले जनाएको छ । आइतवार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सेवाग्राहीले साथमा लिन बिर्सेको तथा छुटेका कागजातहरु ईमेल, भाइबर र ह्वाट्सएपमार्फत पठाउन सकिने जनाएको छ ।

प्रशासनले सेवाग्राहीका लागि [email protected] नामक ईमेल आइडी, ९८४८८४४१२० नम्बरको ह्वाट्सएप र भाइबर संचालनमा ल्याएको हो । विभिन्न सेवाका लागि कार्यालयमा आउँने सेवाग्राहीहरुसँग आवश्यक कागजातहरु साथमा नहुँदा (घरमै छुट्न गएको) फर्कनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै आवश्यक कागजात अब प्रशासनले संचालनमा ल्याएको नयाँ ईमेल, भाइबर र ह्वाट्एपमा पठाउन सकिने प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

यसैबीच प्रशासनले नागरिकका गुनासो तथा उजुरी सम्बोधनका लागि अनलाईन गुनासो पेटिकाको व्यवस्था गरेको छ । गुनासो वा उजुरी गर्नका लागि क्वीआर कोड र daodarchula.moha.gov.np/complaint नामक अनलाईन लिंक सार्वजनिक गरिएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *