काठमाडौं : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बडूले महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यको प्राथमिकताबाट किन हटेको भन्दै अर्थमन्त्री बर्षमान पुनलाई प्रश्न गरेका हुन्।
उनले भने, – ‘चालु आर्थिक वर्षको बजेट वक्तव्यको पृष्ट ५७ ,बुदा नम्बर २९९ मा उच्च प्राथमिकतामा उल्लेख रहेको महाकाली कोरिडोर र दार्चुला-तिंकर सडक आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्राथमिकताबाट किन हट्यो ? किन आउन सकेन ? अब मन्त्रालयगत विनियोजनमा के कति बजेटको आशा गर्न सकिन्छ ? जवाफ चाहियो।’
यो खबर तपाईंलाई कस्तो लाग्यो?