सुन्दर सुदूरपश्चिम यातायातले अब दार्चुला–धनगढी दिवा सेवा पनि संचालन गर्ने

सुन्दर सुदूरपश्चिम यातायातले अब दार्चुला–धनगढी दिवा सेवा पनि संचालन गर्ने

दार्चुला : सुन्दर सुदूरपश्चिम यातायात प्रालिले दार्चुला–धनगढी दिवा बस सेवा पनि संचालन गर्ने भएको छ । सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आगामी असार १ गते देखि दार्चुला–धनगढी तथा धनगढी–दार्चुला दिवा बस सेवा संचालन गर्न लागेको हो । यसअघि रात्रि सेवा मात्रै संचालन गरेको सुदूरपश्चिम यातायात प्रालिले असार १ गतेदेखि दिवा सेवा पनि सुरु गर्ने सुन्दर सुदूरपश्चिम यातायात प्रालि दार्चुलाका इन्चार्ज बिरेन्द्र बहादुर कँुवरले जानकारी दिए । प्रालिले असार १ गतेदेखि दार्चुलाबाट बिहान ६ बजे धनगढीका लागि र धनगढीबाट दार्चुलाका लागि बिहान ५ः३० बजे बस छुट्ने जनाएको छ ।

यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सुदूरपश्चिम यातायातले दिवा सेवा सुरु गर्न लागेको हो । धनगढी जानुपर्ने यात्रुहरुले महेन्द्रनगरको बसमा जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रालिले दिवा बस सेवा सुचारु गर्न लागेको ईन्चार्ज कुँवरले बताए । अहिले सुन्दर सुदूरपश्चिम यातायातको रात्रीकालिन बस सेवा दिउँसो ३ बजे दार्चुलाबाट छुट्ने गर्छ । यस्तै धनगढीबाट पनि दिउँसो ३ बजे छुट्ने गरी समय परिवर्तन गरिएको छ । यसअघि धनगढीबाट दिउँसो १ बजे दार्चुलाका लागि बस छुट्ने गर्दथ्यो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *