काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री र पार्टी प्रवक्ताबाट हटाएपछि डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन्।
मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य मात्र रहनेगरी पदमुक्त गरेको थियो।
निलम्बनपछि ढकालले रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताए।
‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि…,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
अभद्र, अमर्यादित, अशोभनीय र पार्टी हितविपरित काम गरेको भन्दै ढकाललाइ रास्वपाले पार्टीबाट निष्काशित गरेको हो।
यो खबर तपाईंलाई कस्तो लाग्यो?