नगर प्रहरीलाई पन्ध्र महिनापछि तालिम

नगर प्रहरीलाई पन्ध्र महिनापछि तालिम


दार्चुला : महाकाली नगरपालिकाका नगर प्रहरीले पन्ध्र महिनापछि आधारभूत तालिम प्राप्त गरेका छन् । २०७९ साल चैत महिनामा नियुक्त भएका नगर प्रहरीले अहिले आएर पहिलो पटक आधारभूत तालिम लिएका हुन् ।
नगर प्रहरीका लागि असार १४ गतेदेखि असार २३ गतेसम्म १० दिन नेपाल प्रहरीद्धारा तालिम दिइएको हो ।

शारीरिक र सैद्धान्तिक गरी २ प्रकारको तालिम दिइएको बताइएको छ । तालिमको एक कार्यक्रमका बीच सोमवार समापन गरिएको छ । महाकाली नगरपालिकामा प्रहरी सहायक निरीक्षक मोहन सिंह धामीको कमाण्डमा दुई जना प्रहरी हवल्दार र ९ जना जवान गरी १२ जनाको टोली छ । १३ सदस्यीय टोली रहेको नगर प्रहरीमा एक जना महिला जवानको मृत्यु भएपछि त्यो पदमा नियुक्त गरिएको छैन् ।

महाकाली नगरपालिकाको प्रहरीले अहिले पालिकाको सुरक्षा, गेट सुरक्षा, नगरपालिका स्तरीय सार्वजनिक कार्यक्रममा उपस्थिति, आवश्यक परे बजार गस्ती जस्ता कार्यमा खटिदै आएको छ ।

सामान्य आधारभूत तालिम लिएको नगर प्रहरीलाई अब बजार व्यवस्थापन, फुटपाथ व्यवस्थापन, ट्राफिक व्यवस्थापन, अग्नी नियन्त्रण, बजार अनुगमन तथा व्यवस्थापन, सरसफाई तथा फोहर नियन्त्रण व्यवस्थापन, जनसम्पर्क तथा सूचना संकलन, विपद् उद्धार, छाडा पशुचौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा पनि तालिम दिनु आवश्यक छ । महाकाली नगरपालिकाले २०७९ माघ ११ गते नगर प्रहरीका लागि दरखास्त आह्वान गरेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a reply

  • Facebook Comments