दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकाले २८ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । व्याँस गाउँपालिका स्थायी ठेगाना भई सामुदायिक विद्यालयहरुबाट कक्षा १० वा १२ उत्तीर्ण गरी विभिन्न प्राविधिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुलाई अध्यक्ष अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको हो ।
गाउँपालिकाको छात्रवृत्ति तथा प्रोत्साहन अनुदान कार्यविधि २०८० बमोजिम प्राविधिक शिक्षा हासिल गरिरहेका २८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको व्याँस गाउँपालिकाले जनाएको छ । न्युनतम १५ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म छात्रवृत्ति वितरण गरिएको छ ।
४० हजार छात्रवृत्ति पाउनेमा १० जना, ३० हजार पाउनेमा १५ जना र १५ हजार पाउनेमा ३ जना विद्यार्थी रहेका छन् । २८ जना विद्यार्थीलाई कुल ८ लाख ९५ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको व्याँस गाउँपालिकाले जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?