मार्माका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण

मार्माका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण


दार्चुला : दार्चुलाको मार्मा गाउँपालिकाका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । मार्मा गाउँपालिकाको समन्वयमा शुक्रवार अक्सफाम नेपालको आर्थिक सहयोगमा सिआरडिएस नेपाल दार्चुलाले बाढी पहिरो पीडित परिवारलाई खाद्यान्नसहितको राहत सामाग्री वितरण गरेको हो ।

मार्माका बाढी पहिरो पीडित ३५ परिवारलाई खाद्य सामाग्रीसहित सेल्टर किट र हाईजिन किट लगायतका राहत सामाग्री वितरण गरिएको सामुदायिक ग्रामिण विकास समाज (सिआरडिएस) नेपाल दार्चुलाका कार्यकारी निर्देशक अशोक ओझाले जानकारी दिए । मार्मा गाउँपालिकाका वडा नम्बर ३, ४, ५ र ६ का बाढी प्रभावित ३५ घरधुरिहरुलाई राहत सामाग्री वितरण गरिएको उनले बताए ।

राहत सामाग्रीमा चामल, त्रिपाल, दाल, नुन, तेल, चिनी, सोयाविन, बाल्टिन, मग, नेलकटर, स्यानिटरी प्याड, साबुन लगायतका रहेका छन् ।

यस्तै जिल्ला विपद् व्यवस्थापन समिति एवं जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि बाढी पहिरो प्रभावित ३५ परिवारलाई ७० थान कम्बल वितरण गरेको छ । कम्बल एक परिवारलाई दुईका दरले वितरण गरिएको हो ।

मार्मा गाउँपालिकाका विभिन्न वडाहरुका गरि अहिलेसम्म ३५ परिवार प्रभावित भएका छन् । ती मध्ये २६ परिवार विस्थापित भएको मार्मा गाउँपालिकाले जनाएको छ । ६ परिवार अहिले विद्यालयमा बसिरहेका छन् भने अन्य आफन्तकोमा बाँस बसिरहेका छन् । केहि दिन अघि मात्रै जिल्लास्तरिय विपद् व्यवस्थापन समितिको टोलीले पहिरोले पुर्याएको क्षतिको स्थलगत अनुगमन गरेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *