दार्चुला : सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न बाधा नपर्ने प्रष्टिकरण दिएको छ। टोपी, सिन्दूरपोते र टिकासमेत हटाएर फोटो खिच्न लगाइएको भन्दै सरकारको आलोचना भएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी गर्दै यस्तो प्रष्टिकरण दिएको हो।
विभागले फोटो खिच्दा सिन्दूर, टिका, राष्ट्रियता झल्किने टोपी, धार्मिक, साँस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन सकिने बताएको छ। विभागले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातको सम्बन्धमा रहेका द्विविधा हटाई सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन भनेको हो ।
यस्तै राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेश गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजातहरू राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा स्क्यान गरि प्रविष्ट गर्ने प्रयोजनको लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कल बमोजिम नक्कल ठिक छ भनि प्रमाणित गरेको आधारमा दर्ता प्रक्रिया अगाडी बढाउन पनि निर्देशन दिएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?