दार्चुला : सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगा दार्चुलाको चौथो वार्षिक उत्सव मनाइएको छ । शनिवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक एवं सहायक बाहिनीपति उद्धव बहादुर न्यौपानेको उपस्थितिमा एक समारोहका बीच चौथो वार्षिक उत्सव मनाइएको हो ।
वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत अमर सशस्त्र प्रहरीको सम्मानमा पुष्पगुच्छा अर्पण गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा रहेर उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार वितरण गरिनुका साथै सँंस्कृतिक प्रस्तुति देखाइएको थियो ।
चौथो स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक उद्धव बहादुर न्यौपाने, दार्चुलाको व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी, मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी, नौगाड गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामी, महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्ट, प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, जिल्लास्थित चार वटै सुरक्षा निकायका प्रमुख, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्र राज अवस्थी, महेन्द्र नमुना मावि खलंगाका प्रधानाध्यापक राम दत्त जोशी, छन्नातिंकरी कन्या मावि खलंगाका प्रधानाध्यापक गिता कुँवर, सरकारी कार्यालयका प्रमुख, नागरिक समाज, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी सम्मानित
चौथो वार्षिकोत्सव समारोहमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ । विभिन्न युनिटमा कार्यरत १७ जना उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा सशस्त्र प्रहरी बल बलाँच बेसका सशस्त्र प्रहरी नायव उपरीक्षक ईश्वरी दत्त भट्ट, बीओपी लालीका सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बहादुर पाल, बीओपी दुम्लिङका सशस्त्र प्रहरी निरीक्षक चन्द्र देव भट्ट, ४४ नम्बर गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र सिंह चैसिर, सन्तोष कुमार धामी रहेका छन् ।
यस्तै बीओपी दत्तुका सशस्त्र प्रहरी नायव निरीक्षक दिपेन्द्र बहादुर सिंह, सुन्सेराका चमन कुमार चन्द, गणमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण विक, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार दिपक ऐरी, सुशिल कुमार पाल, सशस्त्र प्रहरी हवल्दार कमल सिंह धामी, गोपाल बहादुर चन्द, सशस्त्र प्रहरी सहायक हवल्दार लोकेन्द्र बहादुर चन्द, राजेन्द्र सिंह कुवँर, सशस्त्र प्रहरी जवान गगन सार्की, पुस्कर सिंह बोहरा र हरिशराम दमाईलाई सम्मान गरिएको छ । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति हर्क राज पन्तले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि भट्ट र विष्ट जोडीलाई
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको स्थापना दिवसको अवसरमा संचालन गरिएको खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल बलाँच बेसका डिएसपी ईश्वरी दत्त भट्ट र गोकुलेश्वरका प्रकाश विष्टको जोडीले हात पारेको छ ।
यस्तै द्धितीय स्थान जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह र प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहको जोडीले हासिल गरेको छ । भने तृतीय लाल बहादुर खड्का–बिष्णु धामी र शुरेश विष्ट र चक्र कुवँरको जोडी हुनुभएको छ ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने टीमलाई नगद, ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ३३ हजार ३ सय ३३, द्धितिय १५ हजार ५ सय ५५ र तृतीय स्थान हासिल गर्ने टिमलाई ५ हजार ५ सय ५५ नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रतियोगिता साउन १५ गतेदेखि १८ गतेसम्म जिल्ला प्रहरी कार्यालय दार्चुलाको ब्याडमिन्टन कोर्टमा संचालन गरिएको थियो ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?