जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवाखालबाट वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका-४ टिङ्करखेडास्थित बडाल फास्टफुडबाट शुक्रवार साझँ उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दुँहु गाउँपालिका-२ का फास्टफुडका संचालक जनक बडाल, महाकाली नगरपालिका-१ का मोहन सिंह महरा, नौगाड गाउँपालिका-४ का कृष्ण सिंह धामी, दुहुँ गाउँपालिका- ५ का देबराम पार्की, मालिकार्जुन गाउँपालिका-३ का निरज धामी र नौगाड गाउँपालिका-१ का जनक ठेकरे रहेका छन् ।

पक्राउ परेकामध्ये मोहन सिंह महरा महाकाली नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष र कृष्ण सिंह धामी नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष हुन् ।

उनीहरुको साथबाट १ लाख २४ हजार ८ सय ४० नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *