दार्चुला : दार्चुलाबाट भन्सार छलीका कपडा बरामद गरिएको छ । महाकाली नगरपालिका-८ जामिरपानीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार ४ सय मूल्य बराबरको सामान सोमबार बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी चौकी धापबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा सुटपिस, कुर्ती, मेक्सी लगायतका कपडा फेला पारी बरामद गरेको जनाएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?