दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका–४ स्थितको खण्डेश्वरी मावि क्षेत्तीका छात्राहरुमा रुने, कराउने र बेहोस हुने समस्या देखा पर्न थालेको छ । केहि दिनदेखि छात्राहरुमा यो समस्या देखिएको विद्यालयका निमित्त प्रधानाध्यापक लक्ष्मण राज जोशीले जानकारी दिए ।
प्राथनाका बेला छात्राहरु बेहोस हुने, चिच्याउने गर्न थालेका छन् । जसले गर्दा पठनपाठन अवरुद्ध हुने अवस्था सृजना भएको उनले बताए । एक जनाले रुन, कराउन थालेपछि बिस्तारै अन्य छात्राहरूमा पनि सोही समस्या हुने गरेको बताइएको छ ।
आइतबार मात्रै एक दर्जन जति छात्रामा यस्तो समस्या देखिएको छ । खासगरी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूमा रुने–कराउने समस्या देखिँदै आएको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?