दार्चुला : दार्चुलाको सामुदायिक रेडियो लिपुलेक चौथो वर्षमा प्रवेश गरेको छ । ‘समृद्धि नेपाल निर्माणका लागि सञ्चारमा हाम्रो आवाज’ भन्ने मूलनाराका साथ जिल्लाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजबाट संचालनमा आएको सामुदायिक रेडियो लिपुलेक एफएम ९९.६ मेगाहर्ज आजबाट चौथो वर्षमा प्रवेश गरेको हो ।
अद्धितिय राष्ट्रिय विकास संगठनद्वारा सन्चालित ग्रामीण क्षेत्रबाट १०० वाट क्षमताका साथ २०७८ साल असोज १ गतेदेखि नियमित प्रशारण सुरु गरेको रेडियोले सत्यतथ्य समाचार, सूचना, विज्ञापन, गीत संगित लगायत विविध कार्यक्रम प्रशारण गर्दै आएको प्रबन्ध निर्देशक गणेश सिंह धामीले बताए ।
रेडियोको तरङ्ग दार्चुला, बैतडी, डडेल्धुराको केही भू–भाग र बझाङका केही ग्रामीण क्षेत्र लगायत छिमेकी मुलुक भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लासम्म सुन्न सकिन्छ ।
आवाज विहिनका आवाजलाई बुलन्द गर्दै रेडियोले समाचारमुलक, जनचेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्दैे आइरहेको छ । रेडियोले चौथो वर्षमा प्रवेश गरेको उलक्ष्यमा रेडियोका अध्यक्ष मोहन सिंह धामीले गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण श्रोता, विज्ञापनदाता र शुभेच्छुकहरुमा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभएको छ ।
रेडियो कुनै व्यक्ति विशेष वा राजनीतिक दलको पक्षपोषण गर्न नभई आम नागरिकको साझा आवाज बनेर अगाडी बढीरहेको प्रबन्ध निर्देशक गणेश सिंह धामीले बताए ।स्थानीय तहहरुले कुनै किसिमको सहयोग नगर्दा रेडियो सन्चालनमा निक्कै समस्या भोग्नुपरेको उनको दुःखेको छ ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?