अनेरास्ववियुद्वारा वादविवाद प्रतियोगिता आयोजना

अनेरास्ववियुद्वारा वादविवाद प्रतियोगिता आयोजना

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) महाकाली नगर कमिटीले मावि स्तरीय वादविवाद प्रतियोगिता आयोजना गरेको छ । संविधान दिवसको अवसरमा महाकाली नगरपालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयहरुलाई सहभागिता गराएर प्रतियोगिता आयोजना गरिएको हो ।

शुक्रवार मालिकार्जुन नमूना मावि धापमा ‘सामाजिक सञ्जालको प्रयोग समाजका लागि बरदान कि अभिशाप’ भन्ने विषयमा भएको वादविवाद प्रतियोगितामा मालिकार्जुन नमुना मावि धापका छात्र विराजमान बडू प्रथम भएका छन् । यस्तै प्रतियोगितामा मालिकार्जुन मावि धापकै छात्रा जेनी धामी द्धितीय तथा महेन्द्र नमुना मावि खलंगाका छात्रा ज्योती भट्टले तृतिय स्थान हासिल गरिन् ।

प्रतियोगितामा महाकाली नगरपालिकाका ६ विद्यालयका १२ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय तथा तृतिय स्थान हासिल गर्ने प्रतियोगिहरुलाई क्रमश : नगद २ हजार ५ सय र प्रमाणपत्र, २ हजार र प्रमाणपत्र र नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
वादविवाद प्रतियोगिता अनेरास्ववियु महाकाली नगर कमिटि उपाध्यक्ष देवेन्द्र सामन्तको अध्यक्षता तथा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सुनिता धामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्ना, नेपाल बुद्धिजीवी परिषद् दार्चुलाका अध्यक्ष एवं दार्चुला बहुमुखी क्याम्पसका उप–प्राध्यापक धाना धामी, मालिकार्जुन नमुना मावि धापका प्रधानाध्यापक सुन्द्र सिंह बुढाथोकी, राष्ट्रिय युवा संघ नेपाल महाकाली नगरपालिका संयोजक रविन्द्र सिंह धामीको आतिथ्यता रहेको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *