गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता

गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता

दार्चुला : दार्चुलाको गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित् भोलिया घर भएका २५ वर्षिय किरन चन्द गत शनिवारदेखि बेंग्लोरमा बेपत्ता भएका हुन् ।

रोजगारीको शिलशिलामा बेंग्लोरको माराथली बजार पुगेका चन्द त्यहाँ पुगेको केही समयपछि गत शनिवारदेखि बेपत्ता भएको उनको पारिवारीक स्रोतले जनाएका छन् ।

चन्द अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी बेपत्ता भएपछि खोजीका लागि आफन्तले सबैलाई आग्रह गरेका छन्।

उनलाई कसैले कहीँ कतै देखे नेपालका लागि चन्दका काका कालू चन्द 9865846342, मोहन चन्द 9848837960, उनका दाजु सुरेन्द्र चन्द 9848902028 तथा भारतीय नम्बर 8618245170, ब्याङलोरमा बस्दै आएका मेची महाकाली प्रवासी समाज नेपाल भारत ट्रस्टका महासचिव भगतसिंह धामी 9632651615 तथा वरिष्ठ उपाध्यक्ष बिनोदसिंह धामीको नम्बर 8884563152 मा खबर गरिदिन उनको परिवारले अनुरोध गरेको छ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *